काठमाडौं ।
नेपाल र पाकिस्तानबीचको वैदेशिक व्यापारमा नेपालले गत वर्ष ४८ करोड ६९ लाख रुपैयाँको घाटा बेहोरेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा पाकिस्तानसँग नेपालले करिब ५० करोड रुपैयाँको घाटा बेहोरेको हो ।
पाकिस्तानबाट गत आर्थिक वर्ष २०७८र७९ मा ६० करोड ४ लाख ४४ हजार रुपैयाँको आयात गरेको थियो । सोही अवधिमा नेपालबाट पाकिस्तानतर्फ ११ करोड ३४ लाख ८१ हजार रुपैयाँको निर्यात भएको थियो । यसअनुसार, नेपाललाई ४८ करोड ६९ लाख रुपैयाँको घाटा भएको हो ।
पाकिस्तानबाट नेपालतर्फ खजुर, जडीबुटी, फर्मास्युटिकल्स, बिरे नुन लगायत वस्तु आयात हुन्छ । यस्तै, नेपालबाट अलैँची, जडीबुटी, फर्मास्युटिकल्स, खयर लगायत निर्यात हुने गरेको विभागले जनाएको छ ।
प्रतिक्रिया