मायादेवी अनलाइन, बाणगंगा ।
उद्योग व्यापार संघ कपिलवस्तुले बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाललाई स्वागत गरेको छ ।
केही दिन पहिला बाणगंगामा सरुवा भई आएका भुसाललाई संघले उनकै कार्यकक्षमा स्वागत गरेको उद्योग व्यापार संघ कपिलवस्तुका बरिष्ठ उपाध्यक्ष खिमानन्द पौडेल ‘कपिल’ले जानकारी दिए ।
भुसाललाई स्वागत गर्दै उद्योग व्यापार संघका केन्द्रीय सदस्य तथा कपिलवस्तु सल्लाहकार टोपनारायण बेल्वासेले देशको संमग्र विकासलाई निजि क्षेत्र र यस्तै संघ संस्थाको आवश्यक रहेको बताए ।
आगामी दिनमा नगरपालिकाले पनि यस्ता विषय अवलम्बन गर्नेमा आफूहरुले विश्वास गरेको बताए ।
उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष हुमनाथ पौडेलले नगरपालिकाले उद्योग व्यवसायहरुलाई करको दायरामा ल्याउने तर न्यूनतम कर दर कायम गर्नुपर्नेमा जोड दिए ।
प्रमुख प्रशासकीय अधिकृत भुसालले आफ्नो अनुभव सुनाउँदै बाणगंगाबाट थप नयाँ अनुभव बटुल्न सकिने बताए ।
अहिलसम्म विभिन्न पालिकामा कार्य गरिरहदा उत्कृष्ट काम गरेको र कसैले पनि सरुवा गराउन नखोजेको उनले बताए ।
उक्त अवसरमा संघले नगरमा उद्योग व्यापार संघ कपिलवस्तलाई सूचिकृत गर्न निवेदन समेत दिएको छ । लामो समयदेखि कृयाशिल रहेको संघले बाणगंगामा सूचिकृत हुन आइतबार निवेदन दिएको हो ।
प्रतिक्रिया