दाङ ।
दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको छ। अस्पताललाई अक्सिजनमा आत्मनिर्भर बनाउन नेपाल रेडक्रस सोसाइटीको सहयोगमा ३ करोड लागतमा अक्सिजन प्लान्ट जडान गरिएको हो।
कोरोना महामारीको समयमा अक्सिजन अभाव भएकाले थियो। अस्पतालमा समस्या भएको अवस्थामा अक्सिजन प्लान्ट जडानले भएसँगै सहज भएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिहले बताए।
क्यानेडियन रेडक्रसले जापानिज रेडक्रसमार्फत राप्ती प्रादेशिक अस्पतालमा ३ करोड लगानीमा अक्सिजन प्लान्ट तयार गरिएको हो। अक्सिजन प्लान्ट जडान भएर आइतबारदेखि उत्पादन सुरु भएको छ। अस्पतालको आवश्यकता पूरा गरि व्यवसायिक रूपमा सञ्चालन गर्ने योजना रहेको अस्पतालले जनाएको छ।
प्रतिमिनेट ६ लिटर उत्पादन गर्ने क्षमता रहेको प्लान्ट पूर्ण रूपमा सञ्चालन भएमा जिल्लाकै आवश्यकतालाई सहज बनाउने प्राविधिकहरूले बताएका छन््। २ घण्टामा आठवटा सिलिण्डर भर्न सक्ने क्षमताको प्लान्टले राप्ती प्रादेशिक अस्पताललाई आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्नेछ भने बाँकी अक्सिजनलाई मागअनुसार बिक्रीगर्न सक्ने राप्ती प्रादेशिक अस्पतालका निमित्त मेसु सिंहले जानकारी दिए।
अहिले राप्ती प्रादेशिक अस्पतालमा दैनिक ३० देखि ४० वटासम्म अक्सिजन सिलेण्डर आवश्यक पर्ने गरेको छ। तर कोरोना तथा अन्य महामारिको समयमा भने कति आवश्यक पर्ने हो भन्ने यकि नगर्न नसकिने अवस्था छ। कार्यक्रममा क्यानेडियन रेडक्रसका प्रतिनिधि लक्ष्मण क्षेत्रीले भक्तपुर र राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा यसप्रकारको अक्सिजन प्लान्ट उपलब्ध गराएको बताए।
प्रतिक्रिया