बुटवल ।
लामो समयदेखि अलपत्र परेको बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक भदौ मसान्तसम्म पिच हुने भएको छ । सो सडक खण्डको लुम्बिनी प्रादेशिक अस्पतालदेखि माथिको सडक भदौ मसान्तसम्म पिच गर्ने सम्बन्धीत निकाय बीच सहमति भएको हो ।साथै बेलहिया–बुटवल गोलपार्क व्यापारिक मार्गको निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउनका लागि अनुगमन समिति गठन गरिएको छ ।
साथै बेलहिया–बुटवल गोलपार्क व्यापारिक मार्गको निर्माण कार्यलाई दु्रत गतिमा अघि बढाउनका लागि अनुगमन समिति गठन गरिएको छ । सडक विस्तार आयोजनका सन्दर्भमा बुटवल उपमहानगरपालिकाको सहजिकरणमा सोमबार आयोजित अन्तक्रिया कार्यक्रममा राखेको थियो । सो अन्तक्रियामा सहभागीहरुबाट प्राप्त सुझावहरुलाई मध्यनजर राखी सहजिकरण समिति गठन गरिएको हो ।
सडक विस्तार आयोजनका सन्दर्भमा बुटवल उपमहानगरपालिकाको सहजिकरणमा सोमबार आयोजित अन्तक्रिया कार्यक्रममा सहभागीहरुबाट प्राप्त सुझावहरुलाई मध्यनजर राखी सहजिकरण समिति गठन गरिएको हो । समितिमा राजमार्गदेखि गोलपार्कसम्मको सडकका लागि बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको संयोजकत्वमा समिति गठन गरिएको छ ।
समितिको सदस्यमा विद्युत कार्यालय बुटवल कार्यालयका प्रमुख, खानेपानी संस्थानका बुटवलका कार्यालय प्रमुख, बुटवल उद्योगवाणिज्य संघका अध्यक्ष, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष र निमार्ण कम्पनीका तर्फबाट ठेकेदार सुवित श्रेष्ठ रहेका छन् । यस्तै सिद्धार्थनगर नगरपालिका तर्फको लागि सिद्धार्थनगर नगरपालिका प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्मा समिति गठन गरिएको छ ।
समितिको सदस्यमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विद्युछ कार्यालय भैरहवाका प्रमुख, खानेपानी संस्थान भैरहवाका प्रमुख, सिद्धार्थ नगर उद्योग वाणिज्य संघका अध्यक्ष, निर्माण कम्पनीका तर्फबाट ठेकेदार सुवित श्रेष्ठ सदस्य रहेका छन्। यस्तै बेलहिया–बुटवल–गोलपार्क सडक विस्तार आयोजनाका कार्यालय प्रमुख दिपक झा सदस्य सचिव रहेका छन् । समितिले ७र७ दिनमा बैठक बसी प्रगति विवरण सार्वजनिक गर्ने सहमति भएको छ ।
प्रतिक्रिया