८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

इलेक्ट्रिक स्कुटर प्रति ग्राहकको आकर्षण बढ्दो, चारनम्बरमा लोकप्रिय बन्यो विजय ई-मोटर्स्



मायादेवी अनलाइन, बाणगंगा ।
पेट्रोलियम पदार्थको मूल्य बढिरहदा ग्राहकको आकर्षण विद्युतीय साधनमा थपिन थालेको छ । हिजोआज कपिलवस्तुका सडकमा ई–स्कुटर पनि देखिन थालेका छन् ।

पेट्रोलियम पदार्थको मूल्य आकाशिएका कारण विद्युतीय स्कुटर प्रति ग्राहकको झनै आकर्षण बढ्न थालेको हो ।

विगत तीन/चार बर्ष देखि बाणगंगाको चारनम्बरबाट विद्युतीय स्कुटर बेच्दै आएको विजयी ई. मोटर्सर यस क्षेत्रमा चर्चित छ ।

दैनिक रुपमा ग्राहकको चासो विद्युतीय स्कुटरमा हुन थालेको विजयी ई मोटर्सका सञ्चालक भरत रानाले बताए । पहिले यो व्यवसायमा चुनौती मोलेरै हात हालेको बताउने रानाले अहिले ग्राहकको आकर्षण देखिन थालेपछि आफु सन्तुष्ट भएको जनाए ।

‘पहिला पहिला ग्राहकको आकर्षण पेट्रोलियम पदार्थबाट चल्ने सवारी प्रति हुन्थ्यो । पेट्रोलको मूल्य पनि त्यति धेरै थिएन् । तरपनि विद्युतीय सवारीको विकल्प खोज्दै हामीले यसमा लगानी लगाएका हौं राना भन्छन्, ‘कुनै दिन ग्राहकको मन कसो जितिएला भनेरै चुनौतीका साथ व्यवासायमा हात हालेको थियौं, अहिलेको समय विद्युतीय सवारी ग्राहको अनिवार्य आवश्यक भएको छ ।’

विजयी ई-मोटर्सले जुलुन इलेक्ट्रिक स्कुटर, ई–रिक्सा, ई–लोडर बेच्दै आएको छ ।

लामो समय टिकाउ, एक पटकको चार्जले १ सय देखि १ सय १० किलोमिटरसम्म चल्ने, १ बर्षसम्मको वारेन्टी/ग्यारेन्टी भएको, पेट्रोलको झन्झट गर्नु नपर्ने, आवाज, धुँवा नआउने, वातावरण मैत्री भएकाले विद्युतीय सवारी प्रति ग्राहक आकर्षित हुन थालेका हुन् ।

पर्यावरणीय दृष्टि तथा तेलको विकल्पका रुपमा ई–स्कुटरहरु बजारमा आएको उनी बताउँछन् ।

पेट्रोलभन्दा निकै कम शुल्कमा विद्युतमा चार्ज गर्न मिल्ने भएकाले पनि विशेष गरी युवाहरुको आकर्षण यसतर्फ बढिरहेको छ । परम्परागत रुपमा हेर्दा स्कुटर महिलाले प्रयोग गर्छन भन्ने सोच थियो तर अहिले पुरुषहरु पनि स्कुटरमा उत्तिकै गुडेको देखिन्छ ।

नयाँ–नयाँ मोडल र आकर्षक डिजाइनमा उपलब्ध विद्युतीय स्कुटरहरु नेपाली बजारमा भित्रिएसंगै उनीहरुको यसतर्फ आकर्षण बढेको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७९ शुक्रबार ००:००  १ : ४१ बजे