मायादेवी अनलाइन, बाणगंगा ।
नेपाल ट्रक यातायात ब्यवसायी महासघंका केन्द्रीय उपाध्यक्ष बिष्णु प्रसाद न्यौपानेलाई सम्मान गरिएको छ । महासंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएकोमा कपिलवस्तु उद्योग बाणिज्य सघंले न्यौपानलेलाई मंगलबार सम्मान गरेको हो ।
न्यौपाने बाणिज्य सघंका पूर्व अध्यक्ष हुन् भने हाल बिशिष्ठ सदस्य छन् ।
उनलाई सम्मानपत्र र दोसल्ला ओढाएर कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरे, निवर्तमान अध्यक्ष उमानाथ पौडेल र महासचिव मनोज पौडेलले न्यौपानेले सम्मान गर्दै आगामी कार्यकालको बधाई दिएका थिए ।
न्यौपाने ट्रक यातायात क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका छन् । उनी बाणगंगा यातायात प्रा.लि.का अध्यक्ष समेत छन् ।
यसैबीच सघंको नियमित बैठकले कर शिक्षा तालिम सञ्चालन गर्ने निर्णय गरेको सघंका कोषाध्यक्ष बिनोद कुमार पन्तले जानकारी दिए । ब्यवसायीहरुलाई खर्च तथा आम्दानीका साथै तिनुपर्ने कर प्रक्रिया, अपडेट कसरी राख्नेबारे जानकारी गराउने उद्देश्यले कर शिक्षा तालिम सञ्चालन गर्न लागिएको पन्तले बताए ।
प्रतिक्रिया