८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

अर्घाखाँचीमा होटल व्यवसायीले तोके मनपरि मूल्य, सादा खाना २ सय रुपैयाँ



अर्घाखाँची ।
अर्घाखाँचीमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले दररेटमा आफु खुसी बृद्धि गरेको छ ।

अर्घाखाँचीमा व्यवसायी संघबाट तोकिएको मूल्य बुटबल, काठमाडौंमा भन्दा महंगो पर्न जान्छ ।

मूल्यवृद्धि गरेको सूचि सार्वजनिक भएसँगै यसको सर्वत्र विरोध भइरहेको छ ।

होटल व्यवसायी संघले सरोकारवाला निकायसँग छलफल नगरी मूल्य बृद्धि गरेका हुन् ।

होटल व्यवसायी संघले दूध चिया ३०, कालो चिया २०, दुध कफि ७०, कालो कफि ५०, दुध ६०, दही ६०, छोले पुरी जेरि १ सय २०, मटर–समोसा ८०, साधा खाना २ सय, चिकेन खाना ३ सय ५०, मटन खाना ४ सय बराबरको मूल्य तोकेका छन् ।

यस्तै चिकेन रोष्ट ३ सय, चिकेन चिल्ली ३ सय ५०, चिकेन खाजा सेट ३ सय, खसीको भुटुवा ३ सय, मटन ग्रेबी खाजा सेट ३ सय ५०, मटन फ्राई रोष्ट ४ सय, हेकुलो फ्राई ४ सय ५०, दाल फ्राई १ सय, पनिर ३ सय, भेज मःम १ सय, चिकेन मःम १ सय २०, मटन मःम २ सय ५०, भेज चाउमिन हाफ ५०, अण्डा चाउमिन हाप ८०, चिकेन चाउमिन १ सय ५०, मटन चाउमिन २ सय, मिक्स चाउमिन २ सय ५० दररेट कायम भएको व्यवसायी संघले जनाएको छ ।

यता जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी नुमलाल पन्थीले उपभोक्ताबाट मूल्य बृद्धिको गुनासो नआइ सकेको मायादेवी अनलाइनलाई बताए ।

मूल्य तोक्ने काम सम्बन्धित निकायको भएको तर, गएको बर्षभन्दा बढी, उपभोक्ताले खानै नसक्ने गरि मूल्य तोकिएको भए यसलाई प्रशासनले अनुगमन गर्ने सूचना अधिकारी पन्थीले बताए ।

‘होटल व्यवसायीले के कसरी मूल्य बृद्धि गरेका हुन् अझै औपचारिक जानकारी प्रशासनमा आइ सकेको छैन्, उनले भने, ‘मूल्य तोक्ने काम विशेष गरि उद्योग बाणिज्य संघ, होटल संघले नै गर्छ । हामीले त पसलमा मूल्य सूचि राखिएको छ कि छैन् भनेर अनगुमन गर्ने काम हो । कुनै समानको अत्याधिक मूल्य राखिएको छ भने त्यसलाई बुझेर नियन्त्रणमा लिने कानुनी अधिकार छ । कार्यालयले के कसो भएको हो सोधपुछ गर्छ ।’

प्रकाशित मिति : ३ श्रावण २०७९ मंगलबार ००:००  ८ : १६ बजे