मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको यशोधरा गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७९÷८० कोे बजेटसहितका योजना तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ ।
यशोधराले आगामी बर्षका लागि रु.६१ करोड ७८ लाख बराबरको अनुमानित बजेट गाउँसभाको पहिलो बैठकमा पेश गरेको थियो ।
शुक्रबार सकिएको गाउँपालिकाको दशै गाउँ सभाको दोश्रो बैठकले सो बजेट तथा कार्यक्रम पास गरेको हो ।
उपाध्यक्ष गुन्जादेवी मौर्यको आदेशानुसार प्रमुख प्रशासकीय अधिकृत तेज बहादुर सिंहले सभामा बजेट र कार्यक्रम प्रस्तुत गरेका थिए ।
बजेटमा गुणस्तरीय शिक्षा, स्वास्थ्य पूर्वाधार विकास, कृषि क्षेत्रको आधुनिकिकरण, डिजिटल सेवामा समुदायको पहुँच, गुणस्तरीय सार्वजनिक सेवामा जोड दिइएको छ ।
आगामी आर्थिक बर्ष गाउँपालिकामा क्याम्पस संचालनका लागि डिपिआर निर्माण गर्न रु.१५ लाख, गाउँपालिकामा एउटा स्मार्ट बिद्यालय बनाउन रु.८० लाख, मर्यादपुरमा पार्किङ स्थल बनाउन रु.३० लाख, मर्यादपुर बजारमा सार्वजनिक शौचालय बनाउन रु. १० लाख, भाषा तथा सांस्कृतिक प्रबद्र्धनमा रु. २५ लाख, आधारभूत अस्पताल संचालनका लागि रु. १ करोड १२ लाख बजेट बिनियोजन गरिएको छ ।
सो अवसरमा सांसद बृजेश कुमार गुप्ताले बृक्षारोपण, पानसमा दीप प्रज्वलन पछि ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
प्रतिक्रिया