मायादेवी अनलाइन, चन्द्रौटा ।
आगामी आव ०७९/०८० को बार्षिक बजेटसहितको कार्यक्रमलाई सर्वसम्मत पास गर्दै विजयनगर गाउँपालिकाको गाउँसभा सकिएको छ । बुधबार बसेको अन्तिम गाउँसभा बैठकले बार्षिक बजेटलाई सर्वसम्मत पारित गरेको हो ।
विजयनगरले आगामी आवका लागि रु ६५ करोड ११ लाख बराबरको बजेट ल्याएको छ । गाउँसभाको पहिलो बैठक असार १० गते बसेको थियो । पहिलो बैठकमा बार्षिक नीति तथा कार्यक्रम अध्यक्ष गोपाल थापाले पेश गरेका थिए भने, बजेट उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले पेश गरेकी थिइन् ।
आगामी बर्षका लागि विजयनगरले शिक्षा, कृषि, स्वास्थ्य, भौतिक विकास लगायतलाई प्राथमिकता दिएर बजेट ल्याएको पालिका अध्यक्ष थापाले मायादेवी अनलाइनलाई बताए ।
बुधबार गाउँसभा समापनसंगै पालिकाका कर्मचारी, सञ्चारकर्मी लगायतलाई सम्मान गरिएको थियो । सम्मानित हुने सञ्चारकर्मीमा रेडियो शिवराजका स्टेसन म्यानेजर दिपक केसी र रेडियो बिजयनगरमा कार्यरत शम्भु विक रेहेका छन् ।
सभा समापन गर्दै पालिका अध्यक्ष थापाले गाउँपालिकाको बजेटबारे सभाका सदस्यहरुलाई जानकारी दिँदै हरेक क्षेत्रमा पालिकालाई उत्कृष्ट बनाउने आफ्नो योजना रहेको बताए ।
प्रतिक्रिया