काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डाक्टर मुकुल ढकाललाई दिइएको छ।
असार ७ गते रवि लामिछानेको नेतृत्वमा घोषणा भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ढकाललाई प्रवक्ता तोकेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र रहने छन् । यो पार्टीले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर २१ सदस्यीय तदर्थ समितिका सदस्यहरुको नाम आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको यो पार्टीको नामका विरुद्धमा उजुरीसमेत परेको छ।
प्रतिक्रिया