८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

यस्तो छ आगामी २४ घण्टाको मौसमी पूर्वानुमान



काठमाडौं ।
आगामी २४ घण्टामा विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मोसम पूर्वानुमान महाशाखाले औंल्याएको छ । महाशाखाले बुधबार दिउँसो प्रदेश १ र बागमती प्रदेशका केही, मधेश प्रदेश, र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तै राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

महाशाखाले प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । यस्तै अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाको भनाइ छ ।

जसका कारण हाल कर्णाली, गण्डकी, मधेश प्रदेश तथा प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाकी भूभागमा आंशिक बदली रहेको छ। गण्डकीका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको पनि महाशाखाको भनाइ छ ।

प्रकाशित मिति : ८ असार २०७९ बुधबार ००:००  ६ : ४६ बजे