८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

गृहमन्त्री खांणले पुनः गठबन्धनको आवश्यकता दोहोर्‍याए



काठमाडौं ।
गृहमन्त्री बालकृष्ण खाणले मुस्किलले बनाइएको संविधानको रक्षा गर्नका लागि गठबन्धन आवश्यक भएको बताएका छन् । उनले संविधानमा भएका कमीकमजोरीलाई परिमार्जन गर्न, संविधान अनुकूलको मौलिक अधिकारको कार्यान्वयन गर्न तथा कानून बनाउन गठबन्धन आवश्यक रहेकोमा जोड दिए ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले भैरहवामा आयोजना गरेको स्थानीय तहको निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले कांग्रेससँग प्रदेश, प्रतिनिधि सभा र राष्ट्रिय सभामा एकल बहुमत नभएकाले जनताको समस्या समाधान गर्न अन्य राजनीतिक पार्टीहरूसँग हातेमालो गर्नैपर्ने बताए । उनले भने, ‘अन्य राजनीतिक दल जसलाई भरोसा दिएर सँगै हिँडालेका छौं, उनीहरूलाई पनि सुरक्षा दिनुपर्ने हुन्छ ।’

कतिपयले गठबन्धन चाहिँदैन र पार्टीका नेताहरूले पनि आवश्यक छैन भने पनि गठबन्धन अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । उनले विचार मिल्नेसँग गठबन्धन गर्नुपर्छ भन्ने भनाइप्रति लक्षित गर्दै भने, ‘विचार मिल्ने पार्टीसँग गठबन्धन गर्ने हो भने कांग्रेससँग ठ्याक्कै विचार मिल्ने पार्टी कांग्रेस नै छ, अरू कुन पार्टी छ रु,’ त्यसकारण वामपन्थी पार्टीसँग गठबन्धन गर्नुपरेको उनले बताए । गठबन्धन गर्दा विपरीत दृष्टीकोण र विचार हुन सक्ने उनको भनाइ थियो ।

माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन स्व। गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल ९प्रचण्ड० बीच १२ बुँदे सहमति भएको उनले बताए । उनले भने, ‘शान्ति प्रक्रियाको शुरुवात नभएको भए ज्यान गुमाउनेको संख्या १७ हजारबाट ३४ हजार पुग्थ्यो ।’

माओवादीसँग गिरिजाबाबुले शान्तिप्रक्रियाको प्रारम्भ गरेर बीपीको सपना पूरा भएको उनले बताए ।

गृहमन्त्री खाणले देशभर एकैदिन निर्वाचन सम्पन्न भएको भन्दै निर्वाचन आयोग, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, उम्मेदवार, मतदातालाई धन्यवाद दिए । निर्वाचन स्वतन्त्र, निष्पक्ष हुनु नै लोकतन्त्रको सुन्दर पक्ष भएको उनले बताए ।

निर्वाचन स्वतन्त्रतापूर्वक तथा निष्पक्षरुपमा सम्पन्न गर्नु गठबन्धन सरकारको सफलता भएको उनले बताए । उनले यो स्थानीय तहको निर्वाचनमा कांग्रेसले राम्रो स्थान प्राप्त गरेको बताए । रुपन्देहीको विकासका लागि आफू साथमा रहेको उनको भनाइ थियो ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए ।

प्रकाशित मिति : ६ असार २०७९ सोमबार ००:००  ७ : ४९ बजे