८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

उपाध्यक्षको नातेदारको मृत्युपछि रुपन्देहीको मर्चवारीमा सार्वजनिक विदा



भैरहवा ।

मर्चवारी गाउँपालिकाले आज गाउँपालिकामा सार्वजनिक विदा दिएको छ । मर्चवारी गाउँपालिकाका उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको मृत्यु भएपछि गाउँपालिकामा विदा दिइएको हो ।

गाउँपालिका अध्यक्ष गयाप्रसाद वरइद्वारा जारी एउटा सूचनामा विदाको जानकारी दिइएको छ । देवर नाता पर्नेको मृत्यु भएको भनिए पनि सूचनामा मृतकको नाम उल्लेख गरिएको छैन । गाउँपालिकाले मृतक प्रति श्रद्धाञ्जली दिँदै असार ५ गते गाउँपालिका , सबै वडा कार्यालय, सम्पूर्ण विद्यालय, संघ–संस्था बन्द रहने जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७९ आइतबार ००:००  ३ : २३ बजे