काठमाण्डौ ।
नेपाली कांग्रेसले वैशाख ३० मा भएको स्थानीय चुनावमा नेकपा एमालेले भन्दा एक लाख ७५ हजार ७६ मत बढी ल्याउँदै पहिलो पार्टी बनेको बताएको छ।
स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गत अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजक प्रदीप पौडेलले आज समिति संयोजक पूर्णबहादुर खड्कालाई बुझाएको प्रतिवेदनमा कांग्रेसले चुनाव भएका ७५२ पालिकामध्ये ३२९ पालिका प्रमुख जितेको उल्लेख छ। बाजुराको बूढीगंगा नगरपालिकामा भने चुनाव हुन बाँकी छ।
कांग्रेसले ४४ प्रतिशत पालिकामा प्रमुख जितेको बताएको छ।
अहिलेसम्म चुनाव भएका सात हजार ६ सय ३३ वडामध्ये दुई हजार छ सय ६५ वडाध्यक्ष जितेको कांग्रेसको भनाइ छ।
प्रतिक्रिया