८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बिहीबार देशभरको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना



काठमाडौं ।

नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

बिहीबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ , मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरेको छ ।

शुक्रबार पनि प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेश प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९ बिहिबार ००:००  ७ : ५० बजे