काठमाडौं ।
लगातार आठ दिनसम्म घटेको सेयर बजारमा नवौँ दिन भने करिब ३ प्रतिशतको उच्च वृद्धि भएको छ । बजेट अगाडिको अन्तिम कारोबार दिन र बजेट पछि लगातार ७ दिनसम्म घटेको नेप्से साताको तेस्रो कारोबार दिन बुधबार भने हरियाली छाउँदा २।९८ प्रतिशतचले वृद्धि भएको छ ।
बुधबार बजार परिसूचक नेप्से ६०.२२ अंकले बढेर २०८०.४४ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा पनि हरियाली छाएको छ । यस्तै, सोमबार ४०० अंकको बिन्दुबाट तल झरको ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स नेप्सेमा हरियाली ११.२४ अंकले वृद्धि हुँदा पुनः ४००.३७ अंकको बिन्दुमा बन्द भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि सुधारोन्मुख देखिँदा बुधबार बजारमा डेढ अर्ब माथिको कारोबार भएको छ । आज दिनभर बजारमा १ अर्ब ६४ करोडको सेयर किनबेच हुँदा अरुण भ्यालीको सवार्धिक ५ करोड १२ लाखको कारोबार भएको छ । यस्तै, कुमारी बैंकको ४ करोड ९९ लाख र हिमालयन डिस्टिलरीको ४ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । आज दिनभर बजारमा १९६ कम्पनीको सेयर कारोबार भएकोमा १९३ कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको मात्रै घटेको छ । त्यस्तै, १ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।
आज कारोबार भएका कम्पनीहरूमा सामुदायिक लघुवित्त, उपकार लघुवित्तको सेयमूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ । त्यस्तै, बलेफी हाइड्रोपावरको सेयरमूल्य पनि बढेर सर्किट लेभलमा बन्द हुँदा कालिका लघुवित्तको सेयरमूल्य ९.९५ प्रतिशतले बढेको छ । यता हिमालय बैंकको सेयरमूल्य ०।९६ प्रतिशत र माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य ४.११ प्रतिशतले घटेको छ ।
लगातार बजार घट्दा पेनिक बनिरहेको सेयर लगानीकर्ताहरु बजारमा समस्या सम्बोधन गर्न भन्दै अर्थमन्त्रीको अग्रसरतामा समिति गठन भएको छ । अर्कोतर्फ धितोपत्र बार्डको वार्षिकोत्सवमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले मार्जिन कर्जाको व्यवस्थामा पुनरावलोकन हुनुपर्ने बताएसँगै बजारमा आज सकारात्मक प्रभाव परेको हो ।
प्रतिक्रिया