अनिश बन्जाडे, जितपुर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका विद्यालयहरुले नगरको स्विकृति बिना नै गर्मी बिदाको घोषणा गरेपछि यतिबेला द्धन्द्ध सिर्जना भएको छ । नगरको अनुमति बिपरीत गरिएको गर्मी बिदाको सन्दर्भमा बुधबार (आज) नगरको शिक्षा, युवा तथा खेलकुद शाखाले एक पत्र जारि गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गर्मीको समयमा बालबालिकाको सुरक्षा र संरक्षणका लागि बिदा आवश्यक भएको भनि नगरबाट नै शैक्षिक क्यालेन्डरमा राखि मिति तय गरि सबै सबै सरोकारवालाहरुको सहमतिमा आधिकारीक निर्णय गरि बिदाको निर्णय हुनुपर्नेमा सो भन्दा बाहिर गएर पेशागत घटकको नाममा यस्ता खाले कार्य हुनु पद्धतिको बर्खिलाप भएको भन्दै यस्तो कार्यप्रति गम्भीर ध्यानाकर्षण गराईएको जारि पत्रमा उल्लेख गरिएको छ ।
मंगलबार मात्रै शिक्षकहरुको साझा संगठन नगर शिक्षा महासंघ, शिक्षकहरुका विभिन्न संघ, संगठन र प्याब्सन बीच बुधबार देखि ६ दिनसम्म गर्मी बिदा गर्ने सहमति गरेका थिए ।
उक्त सहमति अनुसार बुधबार नगरभित्रका सबै विद्यालय बन्द भएका थिए ।
शिक्षकहरुको उक्त कार्य विपरित नगरपालिकाले बुधबार सर्वदलिय र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु बीच बैठक बोलाएर आगामी दिनमा कसरी अगाडी जाने भन्नेबारे छलफल गरेको थियो । उक्त छलफल पश्चात नगरभित्र शिक्षकले एकाएक आफुखुसी गरेको विद्यालय बन्दको विरोध गर्दै आगामी ५ दिन गर्मी विदा दिने निर्णय भएको छ ।
यो पनि पढ्नुहोस्
बाणगंगा नगरपालिकालाई शिक्षकले टेरेनन्, नगरको अनुमती विपरित गर्मी बिदा घोषणा
हेर्नुहोस् नगरपालिकाले जारि गरेको ध्यानाकर्षण पत्र
प्रतिक्रिया