कपिलवस्तु ।
कपिलवस्तु क्षेत्र नम्बर ३ का सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुको शिवराज नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेका छन्। कपिलवस्तु क्षेत्र न ३ का सांसद शाहले नागरिकहरूको सहजताको लागि नगरप्रमुख अजय थापालाई एम्बुलेन्स प्रदान गरेका हुन २ बर्ष अघि उक्त एम्बुलेन्स भारतीय दूतावासले शाहका बुबा अजय प्रताप शाह र आमा सरोजनी शाह मेमोरियल ट्रस्टको लागि दिएको थियो।
शाहले शिवराज नगरपालिकाको कार्यालयको परिसरमा सो एम्बुलेन्सको चाबी सहीत कागजातहरु हस्तान्तण गरेका थिए। शिवराज क्षेत्रमा एम्बुलेन्सको खाँचो देखिएकोले नगरप्रमुखको आग्रहमा सहयोग गरेको शाहले बताए।
शाहले आफ्नो क्षेत्र तथा नगरवासीहरूलाई उपचारको लागि सहजता ल्याउन एम्बुलेन्स उपलब्ध गराएको गम्भिर खालका बिरामीलाई छिटोछरितो उपचारमा यसले सहयो गर्ने उनले बताए। ‘अन्य ठाउँको तुलनामा शिवराजमा आवश्यकता थियो’ केही हदमा भएपनिआवश्यकता पूरा भएको छ,’ शाहले भने। ‘सुविधा सम्पन्न छ यसलाई सही तवर वाट नगरपालिकाले सञ्चालन गर्ने छ।,’ आफ्नो बुवाआमाको नामको एम्बुलेन्स नगरलाई सहयोग गरेको मेयर अजय थापाले धन्यवाद दिए।
नगर बासीहरूको आवश्यकता मध्यनजर गरी सांसद शाहसँग आफूले एम्बुलेन्स सहयोगको लागि आग्रह गरेको उनले बताए। नगर बासीहरूको लागि एम्बुलेन्स सञ्चालन गर्ने भएकोले आवश्यक परेको खण्डमा सम्पर्क गर्न आग्रह गरे। जनताको जीवन रक्षामा नगरपालिका गम्भीर रहेको बताउँदै विभिन्न समयमा आउने महामारीको पूर्व तयारी गर्न आवश्यक रहेको बताए।
प्रतिक्रिया