काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रसूति विदा नियमअनुसार दिन सरकारी निजी तथा गैरसरकारी संघ संस्थाहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै महिला कर्मचारीहरूबाट नियमअनुसार प्रसूति विदा नदिएको गुनासो आइरहेको भन्दै त्यसका लागि ९८ दिन तलव सहितको विदा दिन निर्देशन दिएको हो ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा निजी र सरकारी गैरसरकारी संघ–संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनुअघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलव सहितको प्रसूति विदा पाउने व्यवस्था छ ।
प्रतिक्रिया