दाङ ।
दाङमा शौचालयको सेफ्टी टंकीमा नवजात शिशुको शव फेला परेको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी १५ बर्षिया आमाले जन्माएको १६ दिने शिशुको शव सेफ्टी टंकीमा फेला परेको ईलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
शिशुलाई ओच्छ्यानमा छोडेर आमा शौचालय गएको र शौचालयबाट फर्किने क्रममा ओच्छ्यानमा शिशु नदेखेपछि छिमेकीलाई खबर गरेको प्रहरीले जनाएको छ । शिशु खोज्ने क्रममा सेफ्टी टंकीमा शव फेला परेको थियो । प्रहरीले अनुसन्धानका लागि शिशुको आमालाई नियन्त्रणमा लिएको छ । अनुसन्धानपछि घटनाको पूण विवरण पत्ता लाग्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया