काठमाडौं ।
नेपालले यू–१९ महिला विश्वकप एसिया छनोटको चौथो खेलमा दोस्रो पराजय ब्यहोरेको छ । मंगलबार नेपाली टिम थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो ।
यो हारसँगै नेपाल सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा हुने प्रथम संस्करणको यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ ।
एसिया छनोटमा ६ टोली सहभागी छन् । नेपालले आफ्नो अन्तिम खेल मलेसियासँग खेल्न बाँकी हुँदै विश्वकपमा छनोट नहुने निश्चित भएको हो । नेपालले ४ खेलबाट ४ अंक जोडेको छ । अपराजित थाइल्याण्डको समान खेलबाट ८ अंक भएको छ ।
प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले यसअघि कतारलाई ७९ रनले हराएको थियो । दोस्रो खेलमा युएईसँग १० विकेटको हार ब्यहोरेको थियो । सो खेलमा पहिले ब्याटिङ गरेको नेपाल ८ रनमै अलआउट भएको थियो ।
प्रतिक्रिया