८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

स्वास्थ्यकर्मी महासंघ वाणगंगाद्धारा निर्वाचित जनप्रतिनिधीलाई सम्मान



मायादेवी अनलाइन, जितपुर ।

वाणगंगाबाट निर्वाचित जनप्रतिनिधीलाई राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ वाणगंगाले एक कार्यक्रमकाबीच बधाई, सम्मान तथा शुभकामना व्यक्त गरेको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वाणगंगा नगरपालिकाबाट निर्वाचित मेयर, उपमेयर, वडा अध्यक्षहरुलाई वाणगंगा नगर अन्तरगत रहेको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले बधाई, सम्मान तथा शुभकामना व्यक्त गरेको नगर अध्यक्ष राजु सुनारीले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी संविधान सभा सदस्य विश्राम प्रसाद थारुले वाणगंगा नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधीलाई पार्टीको घोषणापत्र अनुसार “बाणगंगा नगर समृद्ध शहर, स्वरोजगार नागरिक आत्मनिर्भर नगर भन्ने संकल्पलाई पुरा गर्ने तर्फ जनप्रतिनिधी प्रतिवद्ध भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले एमालेबाट निर्वाचित जनप्रतिनिधीले जनताको कामलाई सधै सर्वोपरी ठानेर सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा निर्वाचित नगर प्रमुख चक्रपाणी अर्यालले विकासका दृष्टिकोणले प्रदेशकै मुख्य चासोको रुपमा रहेको वाणगंगा नगरपालिकाको स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, पूर्वाधार विकासमा आफुले योजनाबद्ध तरिकाले काम गर्ने बताउनुभयो । उहाँले स्वास्थ्यकर्मी र जनप्रतिनिधीबीचको सहकार्य र समन्वयले नगरको स्वास्थ्य सेवा प्रभावकारी हुने बताउनुभयो । त्यस्तै उपमेयर रिता कुमारी थारुले नगरको स्वास्थ्य सेवामा सुधार गर्दै नगरमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने विषयमा आफु प्रतिवद्ध भएको बताउनुभयो । वडा अध्यक्षहरुको तर्फबाट विष्णु गिरीले समृद्ध नगरको संकल्पलाई सवै वडाले साथ दिने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले वाणगंगा नगर अध्यक्ष युवराज पोखरेल, जिल्ला कमिटि सदस्य सुन्दर पाण्डे लगाएतले बोल्नुभएको थियो ।

कार्यक्रममा माथागढी गाउँपालिकाबाट निर्वाचित पुर्व स्वास्थ्यकर्मी यम बहादुर चिदी, उपाध्यक्ष विष्णुमाया लुङचेलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रम राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ वाणगंगा नगर अध्यक्ष राजु सुनारीको अध्यक्षता, नगर सचिव हिमलाल घिमिरेको संचालन तथा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघकी केन्द्रिय सदस्य मिना विसीको स्वागतमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९ सोमबार ००:००  १२ : २१ बजे