८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

गठबन्धन सरकार जेरीजस्तो गुजुल्टिएको छ : केपी ओली



काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार तेलमा तारेको तर चास्नीमा नडुबाएको जेरी जस्तै भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सरकारलाई चास्नीमा नडुबाएको तेलमा मात्रै तारेको खल्लो जेरी जस्तो भएको टिप्पणी गरेका हुन् । ‘यो सरकार नै जेरीजस्तो गुजुल्टिएको छ ।

यसले ल्याएको नीति तथा कार्यक्रम पनि त्यस्तै छ । अर्थ ननिस्कने, के हो सुरु के हो अन्त्य गुजुल्टिएको छ, कहाँ अन्त्य हुन्छ थाहा छैन’, ओलीले भने, ‘कसको नीति हो रु’ उनले नीति तथा कार्यक्रमका बुँदा नम्बर ११०,१३१,१३२ लगायतको उदाहरण दिँदै ‘अर्थहिन नीति कार्यक्रमको संज्ञा दिए ।

उनले नीति तथा कार्यक्रमको मस्यौदाका केही बुँदाले भ्रष्टाचारलाई प्रश्रय दिने खालका भन्दै कतिपय बुँदा अर्थ न वर्थ गोविन्द गाई जस्तो भएको पनि बताए । उनले नीति तथा कार्यक्रमले देशमा स्थिरता हुन नदिने भन्दै अर्थतन्त्रप्रति गैरजिम्मेवार र अनुत्तरदायी रहेको टिप्पणी पनि गरे । ‘यो अस्थिरताकै घोषणापत्रका रुपमा आएको छ’ उनले सत्तापक्षले त्यसलाई असत्य सावित गर्न चुनौती पनि दिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९ बिहिबार ००:००  १२ : २२ बजे