नेपालगन्ज ।
बाँकेको इलाका प्रहरी कार्यालय, कोहलपुरको हिरासत कक्षमा रहेका थुनुवा मृत अवस्थामा फेला परेका छन् । थुनुवा कक्षको शौचालयमा झुन्डिएको अवस्थामा थुनुवा किसनलाल कुँवर फेला परेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।
जबरजस्ती करणीका थुनुवा कुँवरले थुनुवा कक्षको शौचालयको भेन्टिलेसनमा झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया