काठमाण्डौ ।
गाडी भाडा फेरि बढेको छ । नेपाल आयल निगमले इन्धनको मूल्य १० रुपैयाँले बढाएपछि यातायात व्यवस्था विभागले स्वचालित मूल्य प्रणालीका आधारमा सार्वजनिक गाडीको भाडा बढाएको हो ।
विभागले यात्रुवाहक गाडीमा २ दशमलव १ प्रतिशतले, पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा २ दशमलव ७ प्रतिशतले र तराईको बाटोमा चल्ने मालवाहक गाडीमा ३ प्रतिशतले भाडा बढाएको हो ।
यो भाडा दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने राष्ट्रियस्तरका रुटमा लागू हुनेछ । यसअघि यही जेठ ४ गते पनि भाडा बढेको थियो ।
प्रतिक्रिया