८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बलात्कार आरोपी पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाण्डौ ।

बलात्कार आरोपी मनोज पाण्डेमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ ।

सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले उनलाई आज सोमवार काठमाण्डौ जिल्ला अदालत पुर्‍याएको थियो । जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको जनाइएको छ ।

पाण्डेमाथि सौन्दर्य प्रतियोगितामा सहभागी युवतीले सामाजिक सञ्जालमार्फत आफूमाथि ६ महिनासम्म बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि पाण्डेलाई पक्राउ गरी कानुनअनुसार कारबाही गर्न सडक, सदन र सामाजिक सञ्जालबाट तीव्र दबाब आइरहेको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९ सोमबार ००:००  ६ : १६ बजे