काठमाण्डौ ।
चरा ठोक्किएको आशङ्का पछि जजिरा एअरलाइन्सको विमानलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा होल्डमा राखिएको छ ।
१ सय २१ यात्रु लिएर गएराति २ बजेतिर भैरहवामा अवतरण गरेको विमानमा चरा ठोक्किएको आशङ्का गरिएको हो । यात्रुहरु सबै सकुशल छन् । विमान राति नै फर्किने तालिका भए पनि चरा ठोक्किएको आशङ्कामा होल्डमा राखिएको विमानस्थल कार्यालयले जनाएको छ।
कार्यालयकाअनुसार प्राविधिकले जाँच गरेपछि मात्रै विमानलाई उडान अनुमति दिइने छ । विमानको बाहिरी भागमा रगत देखिएको तर रनवेमा कतै चरा नदेखिएकाले चरा इन्जिनमा पस्यो कि भन्ने आशङ्का गरिएको छ । त्यसैले प्राविधिकले जाँच गरेपछि मात्रै विमानले उडान भर्ने कार्यालयले जनाएको छ।
गएको २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एअरलाइन्सले हप्ताको तीन दिन सोमवार, बुधवार र शुक्रवार उडान गरिरहेको छ।
प्रतिक्रिया