८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

राजपुरका टंक रेग्मीलाई ब्रेन ट्युमरः आर्थिक सहयोगका लागि परिवारको याचना



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका २ राजपुरका टंक रेग्मीलाई बे्रन ट्युमर भएको ७ वर्ष भयो । सात वर्ष पहिले ट्युमरको शल्यक्रिया गरेपनि अहिले फेरि त्यहि ठाँउमा ट्युमर पलाएपछि उपचारमा आर्थिक संकट परेको छ ।

सामान्य परिवारका रेग्मीले सात वर्ष पहिले लाखौ खर्च गरेर ट्युमरको शल्यक्रिया गरेका थिए । तर अहिले शल्यक्रिया गरेकै ठाउँमा ट्युमर पलगाए पछि उपचारमा आर्थिक समस्या परेको हो । ४६ बर्षीय टंक रेग्मीको परिवारमा ६ जना हुनुहुन्छ ।

‘सात वर्ष पहिले शल्यक्रिया गर्दा लाखौ खर्च भयो त्यो ऋण अझैसम्म तिर्न सकेका छैनौ अहिले फेरि ट्युमर पलाएको छ रेग्मीकी श्रीमती माया रेग्मीले मायादेवीसंग भन्नुभयो ।

श्रीमान उता अस्पतालमा हुनुहुन्छ हामीसंग उपचारका लागि पैसा छैन कहि कतैबाट आर्थिक सहयोग पाएमा उपचारमा सहयोग हुने थियो उहाँले भन्नुभयो ।’ आफु सक्दो सहयोग गर्न पनि उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

सहयोगका लागि मेघा बैंकको खाता नम्बर ०३९००५००४४०३५ खाता नम्बर वा ९८४७०१८३८८ मा सम्पर्क गर्न पनि सकिने छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९ आइतबार ००:००  ४ : ३५ बजे