कपिलवस्तु ।
टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा मोटर्स प्रालि र जितपुरका लागि आधिकारिक बिक्रेता बाणगंगा अटोको संयुक्त आयोजनामा चारनम्बर जितपुरमा यहि जेष्ठ ८ गते देखि १३ गते सम्म एक्सचेञ्ज सचालन हुन लागेको हो। उपभोक्ताको मागलाई लाई मध्यनजर गरेर लगाउन लागिएको एक्सचेञ्ज अफरमा प्रत्येक टिभिएस खरिद कर्ताले एक्सचेञ्ज गर्दा रु १०००० बजार मुल्यांकन भन्दा बढि भ्यालुएसन पाउन सक्ने छन भने ईजि फाईनान्सको पनि ब्यबस्था रहेको छ।
साथै नगद खरिदकर्ताहरुलाई रु ९००० सम्म नगद छुटको ब्यबस्था रहेको छ भने ब्जाजदरमा समेत खरिद गर्न सकिने वाणगंगाका संचालक मोहन न्यौपानेले जानकारी दिए।
कम्पनीले न्यून आए भएका तर मोटरसाईकल स्कुटरको आवश्यकता भएर पनि खरिद गर्न नसकेका उपभोक्ता लाई लक्षित स्किम समेत सुरु गरेको छ।
उक्त स्किममा उपभोक्तले अनिवार्य सवारिचालक अनुमतिपत्र, नागरिकता, आयस्रोत तथा एक जना धनजमानि साथमा भए स्पोट फाईनान्स गरेर बाईक चढाएर पठाईदिन सकिने सचालक जगदम्बा मोटर्सका क्षेत्रीय बिक्री प्रबन्धक ईश्वरि पौडेलले जानकारि दिए।
हाल नेपाली बजारमा अत्याधिक रुचाईएको स्पोर्टि स्कुटरमा टिभिएस एनटर्कलाई लिने गरिन्छ।
प्रतिक्रिया