८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

दिल्लीलाई रोक्यो मुम्बईले प्लेअफको यात्रा, बेङ्ग्लोरलाई फाइदा



काठमाडौं ।
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएको छ ।

महत्त्वपूर्ण खेलमा दिल्ली मुम्बईसँग पराजित भएसँगै रोयल च्यालेञ्जर्स बेङ्ग्लोर प्ले अफमा पुगेको छ । दिल्ली ५ विकेटले पराजित भएपछि बेङ्ग्लोर १६ अङ्कका साथ अन्तिम चारमा रहेर प्ले अफमा पुगेको हो ।

जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । मुम्बईका ईशान किशनले सर्वाधिक ४८ रन जोडे । दिल्लीका शार्दुल ठाकुर र एनरिच नोर्कियाले २/२ विकेट लिए । त्यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।

दिल्लीका रोभम्यान पावेलले सर्वाधिक ४३ रन बनाए । मुम्बईका जस्प्रित बुमराहले ३ तथा रमनदीप सिंहले २ विकेट लिए । गुजरात, राजस्थान रोयल्स र लखनऊ यसअघि नै प्ले अफमा पुगिसकेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९ आइतबार ००:००  ९ : ०७ बजे