८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

वाणगंगामा चार दलीय गठबन्धनबाट यस्ता छन् मेयर, उप-मेयर र वडाध्यक्षका उम्मेद्वार



मायादेवी अनलाइन, वाणगंगा ।
आसन्न बैशाख ३० गतेको निर्वाचनमा कपिलवस्तुको वाणगंगा नगरपालिकामा चार दलीय गठबन्धन बनेको छ ।

कांग्रेस बिनाको चार दलीय गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नेता देवराज अर्यालले मेयरमा उम्मेद्वारी दिएका छन् । सोमबार गजेहडामा रहेको निर्वाचन कार्यालयमा पुगेर अर्यालले मेयरमा उम्मेद्वारी दिएका हुन् ।

नगरको उप-मेयरमा नेकपा (एकीकृत समाजवादी) का कमल भट्टराईले उम्मेद्वारी दर्ता गराएका छन् । माओवादी, समाजवादी, जनमोर्चा र जसपा बीचको गठबन्धनले अर्याल र भट्टराईलाई मेयर र उप-मेयर बनाएको हो ।

यस्तै नगरका ११ वटै वडामा गठबन्धनबाट उम्मेद्वारी परेको छ । जसमा वडा नं. १ मा जसपाका चोपलाल राहुलसहितको प्यानलले उम्मेद्वारी दिएको छ ।

वडा नं. २ मा राष्ट्रिय जनमोर्चाका मानबहादुर सिंजापतीसहितको प्यानलले उम्मेद्वारी दिएको छ भने, वडा नं. ३ मा माओवादी केन्द्रबाट टेक बहादुर झेडी सहितको प्यानल चुनावी अभियानमा लागेको छ ।

वडा नम्बर ४ मा स्वतन्त्रबाट चुनाव लड्ने बताएका चन्द्रकान्त न्यौपानेको प्यानल खडा भएको छ । एकीकृत समाजवादीले पाएको यो वडामा न्यौपानेसहितका सदस्य कलम चिह्नबाट चुनाव लड्ने भएका छन् ।

वडा नं. ५ मा माओवादीका जयकरण थारुसहितको प्यानल, वडा नं. ६ मा राष्ट्रिय जनमोर्चाका रामप्रसाद बेल्वासे (हरि) सहितको प्यानल, वडा नं. ७ मा माओवादीका यमबहादुर विसीसहितको प्यानल, वडा नं. ८ मा माओवादीका हुमनाथ पौडेलसहितको प्यानल, वडा नं. ९ मा हसिया हथौडाबाट कुमार मधु बेल्वासेसहितको प्यानल, वडा नं. १० माओवादीका हात्तिराम विटारुसहितको प्यानल र वडा नं. ११ मा पनि माओवादीसहितको प्यानल चुनावी मैदानमा उत्रिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९ सोमबार ००:००  १० : ५८ बजे