रुपन्देही ।
उम्मेदवार छनौटमा पार्टी नेतृत्वले विवेक नपुर्याएको भन्दै देवदहमा नेकपा एमालेका कार्यकर्ताहरूले बिरोध जनाएका छन् । स्थानीय एमाले नेता कार्यकर्ताले सामाजिक संजालमा मात्रै नभएर नारा जुलुस नै गरेर बिरोध जनाएका हुन् ।
पार्टी केही व्यक्तिको सिन्डिकेटमा चलेको भन्दै नेता कार्यकर्ताहरूले आइतबार पार्टी नेताद्वय छविलाल विश्वकर्मा र डा. कृष्ण न्यौपाने लगायत अन्य स्थानीय नेता विरुद्ध नारा जुलुस समेत गरेका छन् । उनीहरूले लामो समय देखि पार्टीमा इमानदार भएर काम गरेका नेतालाई टिकट नदिएर आफ्ना नजिकका मान्छेलाई टिकट दिईएको भन्दै बिरोध जनाए ।
यस विषयमा देवदहका पार्टी उपसचिव अजय रौनियारले एमालेमा व्यक्तिवाद हावी भएको हुनाले अहिलेको स्थिति सिर्जना भएको बताए । पार्टी प्रणालीबाट नभई सिमित व्यक्तिको गोजीबाट टिकट बाडिएकोले धेरै इमानदार कार्यकर्ताको मन दुखाएको उल्लेख गर्दै उनले यहि स्थिति सिर्जना रहे हजारौं पार्टी सदस्यहरू पार्टीमा निष्क्रिय हुनुपर्ने अवस्था आउन सक्ने बताए ।
त्यसैगरि, टिकट वितरणमा मनोमानी भएको भन्दै एमालेका अर्का कार्यकर्ता घनश्याम भण्डारीले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । पार्टी नेताको नाम नै किटेर उनी विरुद्ध सामाजिक संजालमा सार्वजनिक स्टाटस लेख्दै उनले पार्टीमा फोहोरी खेल सुरुभएको बताएका छ्न ।
प्रतिक्रिया