मायादेवी अनलाइन, वाणगंगा ।
नेपाली कांग्रेसले वाणगंगा नगरपालिकामा रविराज आचार्यलाई मेयरमा उठाउने भएको छ । आइतबार साँझ प्राप्त जानकारी अनुसार कांग्रेसले आचार्यलाई मेयर पदको टिकट दिएको हो ।
वडा नं. ८ निवासी आचार्य अधिवक्ता हुन् भने कांग्रेसको परिचित नेता हुन् ।
वाणगंगामा मेयरका आकांक्षी आधा दर्जन थिए । जसमा हालका मेयर मंगल प्रसाद थारु, विष्णु थापा, ध्रुव नेपाल लगायत आकांक्षी थिए ।
अन्ततः कांग्रेसले आचार्यको पक्षमा निर्णय गरेको हो ।
यस्तै नगरको उप-मेयरमा तारावती चौधरीलाई उठाउने कांग्रेस स्रोतले जनाएको छ । जिल्ला समन्वय समिति कपिलवस्तुकी उप-सभापति समेत रहेकी चौधरी कांग्रेसबाट उप-मेयरको टिकट पाएकी हुन् ।
वडा नं. ५ निवासी चौधरी थुप्रै आकांक्षीका बीच उप-मेयरको टिकट लिन सफल भइन् ।
वाणगंगामा ५ दलीय गठबन्धन हुने सम्भावना रहे पनि त्यसको करिब करिब अन्त्य भएको छ । ५ दल भित्रबाट ४ दलले छुट्टै गठबन्धन गरेका छन् भने, एमालेले वाणगंगामा हालका उप-मेयर चक्र अर्याललाई मेयरमा उठाउने निर्णय गरेको छ। यस्तै उप-मेयरमा रिता चौधरीले एमालेबाट टिकट पाएकी छिन् ।
प्रतिक्रिया