८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

स्थानीय चुनावः कपिलवस्तुमा पहिलो दिन ४ सय ७९ जनाद्धारा मनोनयन दर्ता



मायादेवी अनलाइन, वाणगंगा ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन पहिलो दिन कपिलवस्तुमा ४ सय ७९ जनाले मनोनयन पत्र दर्ता गरेका छन् ।

१० पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख, उप प्रमुख, वडाध्यक्ष र वडा सदस्य पदमा उनीहरुले मनोनयन पत्र दर्ता गरेका हुन् ।

पहिलो दिन लोसपा लगायतका साना दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनय पत्र दर्ता गरको निर्वाचन कार्यालयका प्रमुख ज्ञानुराम पन्थीले बताए ।

एमाले, कांग्रेस, माओवादी, समाजवादी लगायतका ठुला दलले पहिलो दिन उम्मेद्वारी दर्ता गराएनन् । सबै भन्दा बढी शुद्धोधन गाउँपालिकामा १ सय ३४ जनाले मनोनयन पत्र दर्ता गराएका छन् भने सबै भन्दा कम कपिलवस्तु नगरपालिकामा एक जना स्वतन्त्र वडाध्यक्षका रुपमा मनोनयन पत्र दर्ता गरेको प्रमुख पन्थीले बताए ।

कृष्णनगरमा १ सय १३, मायोदवीमा ७६, शिवराजमा ५०, महाराजगंजमा ४७ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । यस्तै बिजयनगरमा २७, बुद्धभूमिमा २५, बाणगंगामा ४ र यशोधरामा २ जनाले उम्मेदवारी दर्ता गराएका छन । मनोनयन पत्र दर्ता गराउने दोश्रो दिन अर्थात सोमवार ठुला दलसहित अन्य उम्मेद्वारले मनोनयन पत्र दर्ता गराउने छन ।

प्रकाशित मिति : ११ बैशाख २०७९ आइतबार ००:००  १० : ०० बजे