८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सन्त निरंकारी मण्डल नेपाल सत्संग भवन इटवामा पहिलो पटक रक्तदान



कपिलवस्तु ।

यहि बैशाख १० गते मानव एकता दिवसको अवसर पारी रक्तदान गरिएको छ । रगत नालिमा होईन, नाडिमा बगाऔं भन्ने नारा सहित संत निरंकारी मण्डल नेपाल इर्टवा सत्संग भवन कपिलवस्तुमा पहिलो पटक रक्तदान शिविरको आयोजना गरिएको हो । सद्गुरू माता सुदिक्षा जि महाराजको कृपाले उक्त कार्यक्रम मार्फत ८ युनिट रक्तदान संकलन गरिएको थियो ।

संसारमा बिश्व बन्धुत्व भाईचारा साथै मानव एकता कायम गर्दै आईरहेको संस्था हो निरंकारी मिशन । यस्ले अध्यात्मिक जागृतिको माध्यम बाट पर्खाल रहित संसारको परिकल्पना समेत साकार पार्न सक्षम भएको छ । सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभई एक बिसुद्द अध्यात्मिक बिचारधारा हो । निरंकारी मिशनले अध्यात्मिक चेतना दिनुको साथै समाजिक कार्यमा पनि आफ्नो अहम भुमिका निभाउदै आएको छ । कार्यक्रममा रक्तदान गर्नेृलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ ।

No description available.
No description available.

प्रकाशित मिति : ११ बैशाख २०७९ आइतबार ००:००  ५ : ४८ बजे