कपिलवस्तु ।
नेपाली कांग्रेस बाणगंगा नगरपालिका वडा नं ८ ले वडा अध्यक्षका लागि कृष्ण प्रसाद पोख्रेललाई सिफारिस गरेको छ । वडा कार्यसमितिको बैठकले अध्यक्ष पदको लागि पोख्रेलको नाम सर्बसम्मत रुपबाट सिफारिस गरेको हो । समाजसेवी एंव विभिन्न संघ संस्थामा क्रियाशिल पोख्रेल वडाको विकास एंव समृद्धिका लागि आफ्नो उम्मेद्वारी रहेको बताउँनुभयो ।
उहाँले वडाको विकास र परिवर्तनको लागि वडावसीहरुको माग र चहना अनुसार आफ्नो उम्मेदवारी रहेको बताउँदै आफुले शिक्षा, स्वास्थ्य र युवा रोजगारीको सुनिश्चित गर्ने जिकिर गर्नुभयोे ।
सवैलाई मिलाएर लैजान सक्ने क्षमता भएका प्रिय एंव बैद्धिक नेता पोख्रेल वडाका सम्पूर्ण अग्रज नेता कार्यकताको समेत अफुलाई पूर्ण साथ सहयोग रहेको हुँदा बाणगंगा नगरपालीका वडा ८ मा नेपाली कांग्रेसको विजयी सुनिश्चित रहेको दावी समेत गर्नुभयो ।
प्रतिक्रिया