८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

एमालेले लगायो अर्घाखाँचीमा उम्मेदवारको टुंगो



बुटवल ।
एमालेले अर्घाखाँचीमा उम्मेदवारको टुंगो लगाएको छ। तीन वटा नगरपालिका र तीन वटा गाउँपालिका रहेको अर्घाखाँचीमा पाणिनी गाउँपालिकाको उपाध्यक्ष बाहेक सबै पदका उम्मेदवारको टुंगो लागेको एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले जानकारी दिए।

तीन नगरपालिका मध्ये सन्धिखर्कको प्रमुखमा कृष्ण श्रेष्ठ र उपप्रमुखमा मिश्रा आचार्य उम्मेदवार चयन भएका छन्। भूमिकास्थान नगरपालिकाको प्रमुखमा रेशम थापा र उपप्रमुखमा बसन्ता पौडेल चयन भएका छन् । सितगंगा नगरपालिकाको प्रमुखमा बसन्तकुमार श्रेष्ठ र उपप्रमुखमा गिता भाट उम्मेदवार बन्ने भएका छन्।
यसैगरी मालारानी गाउँपालिकाको अध्यक्षमा दलबहादुर भट्टराई र उपाध्यक्षमा दिपा पोखरेल चयन भएका छन्। छत्रदेव गाउँपालिकाको अध्यक्षमा दिपक पन्थी र उपाध्यक्षमा मनी पन्थी चयन भएका छन्। यस्तै पाणिनी गाउँपालिकाको अध्यक्षमा टेकराज न्यौपानेको टुंगो लागेको छ। पाणिनीको उपाध्यक्षको अझै टुंगो लागेको छैन।

प्रकाशित मिति : ११ बैशाख २०७९ आइतबार ००:००  १२ : ०० बजे