काठमाडौं ।
पूर्वराज्यमन्त्री एवं लोकतन्त्रिक समाजवादी पार्टी ९लोसपा० प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ । झाको उपचारका क्रममा आइतबार राति काठमाडौंमा निधन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले जानकारी दिए । डिम्पल पछिल्लो दुई वर्षयता क्यान्सरसँग जुधिरहेकी थिइन् ।
पूर्वसंविधानसभा सदस्यसमेत रहेकी उनी मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बनेकी थिइन् । डिम्पल लोसपाका नेता अनिल झाकी पत्नीसमेत हुन् ।
ुलोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेशका माननीय, पूर्वमन्त्री, संविधानसभा सदस्य तथा पार्टीका नेता अनिलकुमार झाजीका धर्मपत्नी डिम्पल झाजीको दुःखद देहान्तको खबरले मर्माहत भएको छु, नेता सुरेन्द्रले भनेका छन् ।
प्रतिक्रिया