काठमाडौँ ।
नेकपा (एकीकृत समाजवादी) ले आफ्नो भागमा परेका महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ। एकीकृत समाजवादीले आफ्नो भागमा परेको पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई उम्मेदवार बनाउने भएको छ।
यस्तै हेटौंडा उममहानगरपालिकामा मिना लामालाई मेयरमा उठाउने समाजवादीका एक नेताले जानकारी दिए।
यस्तै काठमाडौँ महानगरको उपमेयरमा रामेश्वर श्रेष्ठ, बुटवल उपमहानगरको उपमेयरमा चिनबहादुर गुरुङ, तुलसीपुर उपमहानगरको उपमेयरमा जोगबहादुर राना र इटहरीको उपमेयरमा केशव विष्टलाई उम्मेदवार बनाउने तयारी भएको छ।
प्रतिक्रिया