८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

यी हुन् महानगर र उपमहानगरमा एमालेका उम्मेदवार



काठमाडौं ।

नेकपा एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगर पालिकाको उम्मेदवारको चयन गरेको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले ५ महानगर र ९ उपमहानगरपालिकाको उम्मेदवार छनोट गरेको हो ।

महानगरमा भरतपुर र वीरगञ्जको उपप्रमुखको उम्मेदवार चयन हुन बाँकी रहेको छ । त्यस्तै विराटनगरको प्रमुख र उपप्रमुख नै टुङ्याउन बाँकी रहेको पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उता उपमहानगरमा जितपुरसिमरा र जनकपुरको उम्मेदवार टुंगो लगाउन बाँकी छ ।

महानगरमा को ?
१. काठमाडौँ प्रमुखः केशव स्थापित
उपप्रमुखः सुनिता डंगोल

२. ललितपुर प्रमुख हरिकृष्ण व्यञ्जनकार
उपप्रमुख मञ्जली शाक्य बज्राचार्य

३. पोखरा प्रमुख दीपक पौडेल र
उप प्रमुख मञ्जु देवी गुरुङ

४.भरतपुर प्रमुख विजय सुवेदी
उपप्रमुख बाँकी

५. वीरगञ्ज प्रमुख विजय सरावगी
उपप्रमुख बाँकी तालमेल हुने

६. विराटनगर प्रमुख बाँकी
उपप्रमुख बाँकी

त्यस्तै ११ वटा उपमहानगर पालिकामा एमालेको तर्फबाट छानिएका उम्मेदवारहरू यस प्रकार रहेका छन् ।

१. इटहरी प्रमुख यमकुमार सुब्बा, उपप्रमुख संगीता चौधरी
२.धरान प्रमुख मञ्जु काफ्ले, पदम लिम्बु उपप्रमुख
३.जनकपुर प्रमुख बाँकी, उपप्रमुख बाँकी
४.हेटौंडा प्रमुख अनन्त पौडेल उपप्रमुख सुमित्रा काफ्ले
५. कलैया प्रमुख विनोद साह, उपप्रमुख बाँकी
६. जितपुर सिमरा प्रमुख बाँकी उपप्रमुख बाँकी
७.बुटवल प्रमुख बाबुराम भट्टराई उपप्रमुख सावित्रा देवी अर्याल
८.तुल्सीपुर प्रमुख टीकाराम खड्का र उपप्रमुख स्यानी चौधरी
९.घोराही प्रमुख नरुलाल चौधरी उपप्रमुख मनकुमारी डिसी
१०. नेपालगन्ज प्रमुख पशुपति दयाल मिश्र उपप्रमुख शान्तिदेवी ढकाल
११.धनगढी प्रमुख रणबहादुर चन्द, उपप्रमुख चन्द्रकला राना थारु

प्रकाशित मिति : ११ बैशाख २०७९ आइतबार ००:००  ६ : २४ बजे