कपिलवस्तु ।
नेकपा एमालेले बुद्धभूमि नगरपालिका वडा नं ५ को अध्यक्षका लागी रोमबहादुर थापालाई सिफारिस गरेको छ । वडा कमिटी बैठकले वडा अध्यक्षमा थापालाई उम्मेद्वार बनाउन सिफारिस गरेको हो । थापाले वडाको विकास एवम् समृद्धिका लागी आफ्नो उम्मेद्वारी रहने बताउनुभएको छ । थापा पछिल्लो समय कुशल युवा नेतृत्वका रुपमा स्थापित हुनुहुन्छ । उहाँले शिक्षा, स्वास्थ्य र रोजगारको सुनिश्चित गर्ने दाबी गर्नुभएको छ ।
वडालाई भ्रष्टाचार मुक्त वडा बनाउँदै जनतालाई शुसासनको प्रत्याभूति दिलाउने उहाँले जिकीर गर्नुभयो । यस्तै वडामा रहेको स्वास्थ्य चौकीको स्तरोन्नति गर्ने, वडाभित्र रहेको ९ वटा विद्यालयमध्ये एउटा विद्यालयलाई नमुना विद्यालय बनाउने, २० युनिट भन्दा कम विधुत खपत गर्ने गरिब, विपन्न परिवारलाई निशुल्क प्रदान गर्ने, ५ बर्षभित्र एक घर एक धाराको अवधारणा पुरा गर्ने, वडाभित्र रहेका हरेक विद्यालयका ५ गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रावृतिको व्यवस्था गर्ने जस्ता कार्य आफ्नो पहिलो प्राथमिकतामा पर्ने उहाँको भनाई छ ।
वडा नं ५ मा नेपाली कांग्रेसले गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा जित हात पारेको थियो । अहिले त्यो नतिजालाई उल्टाउन आफु सक्षम रहेको उहाँले दाबी गर्नुभयो ।
वडाका सम्पूर्ण अग्रज नेता कार्यकर्ताको समेत आफुलाई साथ सहयोग मिल्ने उहाँले विश्वास समेत व्यक्त गर्नुभएको छ । उहाँले विभिन्न संघसंस्थामा आवद्ध भई कुशल नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएको छ । वडावासीको आवश्यकता एवम् अपेक्षालाई आत्मासाथ गर्दै आफु अघि बढ्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
प्रतिक्रिया