कपिलवस्तु ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उठ्ने भन्दै कपिलवस्तु नगरपालिकाका उपमेयरसहित ४८ जनप्रतिनिधिहरुले राजीनामा दिएका छन्। मेयर किरण सिंह, वडा नम्बर ९ का वडाध्यक्षसहित ४ सदस्यहरु र २ कार्यपालिका र केही वडा सदस्य बाहेक सबैले पदबाट राजीनमा दिएका हुन ।
उपमेयर लक्ष्मी गुप्ता, १२ वडा मध्ये ११ वडाका वडाध्यक्षसहित ४८ जनाले वैशाख ९ गतेसम्म पदबाट राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए। सबैले मेयर किरण सिंहलाई राजीनामा दिएका हुन्। सबैको राजीनामा स्वीकृत समेत भई सकेको छ। मेयर किरण सिंहले वैशाख १० गतेसम्म राजीनामा नगरेको पौडेलले बताए ।
यस्तै वडा नम्बर ९ का अध्यक्ष शिवबहादुर बाग्ले र वडा समितिका ४ जनाले नै अझैसम्म राजीनामा दिएका छैनन्। वडा नम्बर १ का वडाध्यक्ष सुदीप पौडल, २ का अध्यक्ष रामभजनक लवार, ३ का प्रकाश गैरे, ४ का रबिन्द्र तिवारी, ५ का दिरेपकुमार चौधरी, ६ का रामदिनेश यादव, ७ धरमात्मामणि त्रिपाठी, ८ का शिवप्रसाद पाण्डेय, १० का मोहनलाल शर्मा, ११ का रामगोपाल यादव र १२ का ओम प्रकाश पाण्डेले राजीनामा बुझाएका हुन ।
निर्वाचन आयोगलले चुनावमा लड्न बहालवाला जनप्रतिनिधिहरुले अनिवार्य पदबाट राजीनामा दिनु पर्ने नियम बनाएपछि उनीहरुले पदबाट राजीनामा दिएका हुन्। कांग्रेसबाट मेयरमा लड्न इच्छुक रहेकी पूर्व उपमेयर गुप्ताले नगरको समग्र विकास र परिवर्तनका लागि आफू मेयरमा लड्न चाहेको बताइन्। कांग्रेसबाट मेयरमा टिकट पाएको चर्चा चले पनि अझैसम्म कांग्रेसले आधिकारिक निर्णय भने गरेका छैन। तर कांग्रेसका अधिकांस नेताहरुले लक्ष्मी गुप्ताले मेयरको टिकट पाउने दाबी गरेका छन्।
उता मेयरमा कांग्रेसबाट टिकट पाउनेमा ललीत गुरुङको समेत नाम चर्चामा छ।
कांग्रेसको उपमेयरको टिकट कसले पाउँछ त्यो भने अझै स्पष्ट हुन सकेको छैन। प्रकाश घिमिरे, गोपीकृष्ण शर्मा, राजेश ज्ञवाली मध्ये एक जनाले मेयरको टिकट पाउने कांग्रेस नेताहरु बताउँछन्। तर ललित गुरुङले टिकट पाए भने कांग्रेसबाट महिला नेतृत्वले उपमेयरमा टिकट पाउनेछन ्।
अब कपिलवस्तु नगरपालिकामा कांग्रेस एमाले र संघीय समाजवादी फोरमबीच प्रतिस्पर्धा हुने मतदाताहरु बताउँछन्।वडाध्यक्षबाट राजीनामा दिएका सुदीप पौडल संघीय समाजवादी पार्टीबाट मेयरको टिकट पाए लगत्तै चुनावमा होमिएका छन्। यस्तै एमालेबाट मेयरमा राजेश गुप्ता समेत चुनावी अभियानलाई तीव्रता दिएका छन् ।
प्रतिक्रिया