८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अनुकूल नहुँदा स्वास्थ्य समस्या देखिन थालेको भन्दै शतर्कता अपनाउन डाक्टरको सुझाव



काठमाण्डौ ।

मौसम अनुकूल नहुँदा विभिन्न स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न थालेको भन्दै विज्ञहरुले विशेष शतर्कता अपनाउन जोड दिएका छन् । जलवायुजन्य परिवर्तनका कारण पछिल्लो समय नेपालमा मौसम एकनासको हुन नसकेको र यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्न थालेको भन्दै विज्ञहरुले शतर्कता अपनाउन जोड दिएका हुन् ।

अल्का अस्पतालका जेनेरल फिजिशियन डा। प्रेम पाण्डेले अहिले मौसम परिवर्तन भइरहेको र यसले बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाको स्वास्थ्यमा गम्भीर असर पार्ने भएकोले त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो । उहाँले मौसम परिवर्तनका कारण दम, सुगर र मुटुका रोगीहरुलाई पनि स्वास्थ्यमा असर गर्ने भएकोले शतर्कता अपनाउन अनुरोध गर्नुभयो । मौसम परिवर्तका कारण श्वासप्रश्वासमा समस्या, रुघाखोकी लाग्ने, डाइरिया हुने लगायतका समस्या देखिरहेको भन्दै उहाँले सचेत हुनुपर्ने बेला आएको बताउनु भयो ।

यस्तै, डा। पाण्डेले अहिले जलवायु परिवर्तनका कारण मौसम अनुकूल नरहेको भन्दै दीर्घरोगी, बालबालिका, वृद्धवृद्धाहरुले विशेष सावधानी अपनाउनु पर्ने बताउनु भयो । पछिल्लो समय नेपालको काठमाण्डौसहित अन्य शहरी क्षेत्रको वातावरण स्वास्थ्यबर्द्धक नरहेको विज्ञहरुले बताउँदै आएका छन् । केही समयअघि विश्वका प्रमुख शहरहरुको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइट आईक्यूएअर डटकमका अनुसार केही दिनअघि काठमाण्डौको वायु प्रदुषण खतराको बिन्दुमा पुगेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७९ शनिबार ००:००  ३ : ५९ बजे