तौलिहवा ।
कपिलवस्तु नगरपालिकाकी उप-मेयर लक्ष्मी गुप्ताले पदबाट राजीनामा दिएकी छिन् । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयर पदमा चुनाव लड्ने तयारी गरेकी गुप्ताले राजीनामा दिएकी हुन् ।
गुप्ताले मेयर किरण सिंहलाई गत बैशाख ८ गते राजीनामा दिएको जनाइएको छ । कांग्रेस नेतृ समेत रहेकी गुप्ताले नगरको समग्र विकास र परिवर्तनका लागि मेयरमा लड्न चाहेको बताउँदै आएकी छन् ।
गुप्ताले मेयरमा दाबी गरिरहदा पार्टीले भने अझै आधिकारिक टिकट बाडिसकेको छैन् । जिल्लाको सदरमुकाम समेत रहेको कपिलवस्तु नगरपालिकामा कांग्रेसबाट मेयर लड्न चाहनेमा हालका मेयर सिंह पनि छन् । यद्यपि सिंहले अझै राजीनामा बुझाईसकेका छैनन् ।
यस्तै मेयरमा राजुप्रसाद अर्याल, ललित गुरुङ, मोहन शर्मा, रबिन्द्रनाथ ठाकुर र शोहरत तेली र खुर्सेद अहमद खाँ आकांक्षी छन् ।
उप-मेयरमा राजेश ज्ञवाली, प्रकाश घिमिरे, गोपीकृष्ण शर्मा, निर्मला पराजुली, बसन्तकुमारी सिंह, प्रशान्त कार्की, गयादीन कुर्मी, निर्मलादेवी कसौधनले नाम दर्ता गराएका छन् ।
प्रतिक्रिया