मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका कोभिड १९ पूर्णखोप युक्त पालिका घोषणा भएको छ ।
पालिकाका १२ बर्ष माथिका सवै ७२ हजार ८ सय ८९ जनाले खोप लगाएपछि पालिकालाई शुक्रबार एक समारोहबीच कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले टेकराज पन्थीको अध्यक्ष र प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्राको प्रमुख आतिथ्यमा पूर्ण खोपयुक्त पालिका घोषणा भएको छ ।
बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा २९७ जनालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत पन्थी, महिला स्वास्थ स्वयंसेविका सन्जालको अध्यक्ष , पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य, स्वास्थ कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डे, धर्मेन्द्र मिश्र लगायतले बाणगंगा कोभिड १९ पूर्ण खोपयुक्त पालिका घोषणा भएकोमा खुसी ब्यक्त गरे ।
प्रतिक्रिया