८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कांग्रेस विजयनगर गाउँपालिका सभापति यादवले छाडे पार्टी



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको विजयनगर गाउँपालिका नेपाली कांग्रेस सभापति जानकी प्रसाद यादवले पार्टी छाडेका छन् ।

१४ औं महाधिवेशनमा गाउँपालिका सभापतिमा चुनाव मार्फत निर्वाचित भएका सभापति यादवले स्थानीय तह निर्वाचनको मुखैमा नेपाली कांग्रेस परित्याग गरेका हुन् ।

यादव शुक्रबार पार्टी परित्याग गरे संगै जनता समाजवादी पार्टी नेपालमा औचापरिक रुपमा प्रवेश गरेका छन् ।

आसन्न बैशाख ३० को निर्वाचनमा यादव गाउँपलिका अध्यक्षमा उम्मेद्वार थिए । उनको नाम जिल्लामा सिफारिस भएको थियो । तर, पार्टीबाट टिकट पाउने चाल नपाएपछि उनले जसपा, नेपाल रोजेका हुन् ।

उम्मेद्वारको मनोनयन आइतबार र सोमबार छ । अझैसम्म कुनै पनि दलले उम्मेद्वार टुङ्ग्याएका छैनन् । टिकट नपाएको झोकमा दल अदलबदल गर्ने डरले दलहरु उम्मेद्वारको विषयमा तै चुप, मै चुपमा छन् ।

वियजनगर गाउँपालिका यादव त्यस क्षेत्रका प्रभावशाली व्यक्ति हुन् । ०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेद्वार बनेका यादव झिनो मन्तान्तरले एमालेका उम्मेद्वार गोपाल बहादुर थापासंग पराजित भएका थिए ।

पछिल्लो समय कांग्रेस परित्याग गर्ने नेताहरुको संख्या जिल्लामा बढ्न थालेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७९ शनिबार ००:००  ८ : १६ बजे