८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कपिलवस्तुका सबै पालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना



कपिलवस्तु ।

वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले आज कपिलवस्तु सहित देशका ७ सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

कपिलवस्तुमा रहेका १० वटै पालिकाहरुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कपिलवस्तुमा पालिकाहरुका केन्द्र रहेका स्थानहरुलाई आधार मानि कार्यालय स्थापना गरी मुख्य निर्वाचन अधिकृतहरुलाई खटाइएको जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले जानकारी दिनुभयो ।

आज देखि कार्यालयको जिम्मेवारी सम्हालेका १० वटै पालिकाका मुख्य निर्वाचन अधिकृतहरुले अब बैशाख ३० गते सम्म निर्वाचन सम्पन्न गर्नका लागि सबै जिम्मेवारी पालिका भित्र बसी पुरा गर्ने छन् । बैशाख ११ उमेद्धारहरुको उमेद्धारी दर्ता प्रक्रिया सुरु भएसँगै बैशाख ३० सम्म निर्वाचन आयोगले तोकेको तालिका अनुसार सबै कामहरुको जिम्मेवारी निर्वाचन अधिकृतहरुको रहने पनि पन्थीले बताउनुभयो ।

कपिलवस्तुमा बिहिबार एक कार्यक्रमको आयोजना गरी पत्रकार सम्मेलन मार्फत मुख्य निर्वाचन अधिकृतहरुलाई खटाइएको छ भने जिल्ला भित्रका राजनितिक दलहरुका प्रमूखहरुसँग निर्वाचन आचारसंहिताका विषयमा अन्तक्रिया तथा जानकारी प्रदान गरिएको पनि पन्थीले जानकारी दिनुभयो ।

उहाँले अब पालिकाको चुनाव नरोकिने र यसको मर्यादित ढंगले सम्पन्न गर्न निर्वाचन आयोग लागिपरेको बताउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयमा चुनावका लागि आवश्यक सामग्री पु¥याउने काम पनि भइरहेको उहाँले बताउनुभयो ।
वैशाख ३० गते हुने पालिका चुनावका लागि आउँदो ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९ शुक्रबार ००:००  ५ : ३८ बजे