१५ पुस २०८१, सोमबार | Mon Dec 30 2024

सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समिति बैठक बस्दै



काठमाडौं ।
सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक आज पनि बस्ने भएको छ । आइतबार पाँच दलीय गठबन्धनबीच स्थानीय तहमा हुने सहमतिअनुसार अघि बढ्ने निष्कर्ष निकालेको समिति आज पनि छलफलमा जुट्न लागेको हो ।

बैठक बिहान ९ बजे बस्ने बताइएको छ । आज नै गठबन्धनका तर्फबाट संयुक्त अपिल जारी गरिने जनाइएको छ ।

आइतबार बसेको समितिको बैठकले कुन पालिका कसले लिने भनेर सहमति गरेर रिपोर्ट पठाउने म्याद थप्ने र आएका रिपोर्टअनुसार अघि बढ्ने निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७८ सोमबार ००:००  ७ : ०७ बजे