काठमाण्डौ ।
त्रिदेशीय टी–ट्वेण्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज पपुवा न्यूगिनी पीएनजीसँग खेल्दैछ । नेपाल र पीएनजीले आज आफ्नो तेस्रो खेल खेल्न लागेका हुन् ।
खेल दिउँसो साढे १२ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । पीएनजीसँग खेल्दा आज नेपालको ५० औं टी–ट्वान्टी अन्तर्राष्ट्रिय हुनेछ । नेपालले अहिलेसम्म खेलेका ४९ टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा २७ खेलमा जित निकालेको छ भने २१ खेलमा पराजित र एक खेल नतिजा विहीन भएको छ । यसअघि हिजो भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले र सोमबार भएको पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो ।
लगातार दोस्रो जितसँगै नेपाल चार अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ र फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । नेपालले चौथो खेल आउँदो शनिवार फेरि मलेसियासँग खेल्नेछ । अस्ति भएको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हराएको थियो । मलेसियाको दुई अंक रहेको छ । भोलि मलेसिया र पीएनजी खेल्नेछन् ।
प्रतिक्रिया