चितवन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो स्थानीय तहको चुनावमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताउनुभएको छ । आज बुधवार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘महानगर र उपमहानगर पालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ । भोलि बिहीवार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा पुग्छौँ’, उहाँले भन्नुभयो, ‘कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुने कुरामा प्रस्ट भएको छ ।’
भरतपुर महानगरमा आफूहरुको दाबी रहेको जनाउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र शक्ति सुदृढ गर्ने र आवश्यकताअनुसार तालमेल पनि गर्नेमा अघि बढेको बताउनुभयो । सबै राजनैतिक दलहरू आ–आफ्नो किसिमले चुनावको तयारीमा लागेको जनाउँदै उहाँले चुनाव हुने कुरा सुनिश्चित भइसकेको छ भन्नुभयो ।
प्रतिक्रिया